जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज यो वर्षको दशैंका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ।
बुलेटिनका अनुसार दशैंको अष्टमी, नवमी र विजया दशमीको दिन सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू्भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। साथै दशैंका तीन दिन देशका अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने देखिन्छ।