शुक्रबार, असार २०, २०८२

च्यांग्राको भाउले आकाश छोएपछि विकल्पमा खसीबोका

 |  शुक्रबार, कात्तिक ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

vianetvianet

बागलुङ- पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन। बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ।

यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ। माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात भएको हो। चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट सात हजारको हाराहारीमा भेडाच्याङ्ग्रा बाहिरिएका छन्। बागलुङमा समेत मुस्ताङ्गी च्याङ्ग्रा बिक्रीका लागि ल्याइए पनि थोरै मात्रामा बागलुङ भित्रिएका हुन्। च्याङ्ग्राको मूल्य बढेपछि यहाँका स्थानीयहरुको आकर्षण स्थानीय खसीबोकामा छ।

दसैँतिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोई साध्य नभएकाले स्थानीय खसीबोकाको जोहो गरेको स्थानीय रणबहादुर कार्कीले बताए। ‘एक हजार एक सय ५० प्रतिकेजीमा स्थानीय खसीको मासु रोजेर पाइन्छ। किन च्याङ्ग्रा चाहियोरु स्थानीय खसीबोका भए पनि दसैँ मनाउन पाए हुन्छ’, उनले भने, ‘मासुमा आत्मनिर्भर भइसकेको जिल्लामा दसैँको समयमा मात्र आयत हुने च्याङ्ग्रा धेरै पैसा हुनेका लागि हो।’

खसीको मूल्यभन्दा दोब्बर बढी मूल्य च्याङ्ग्राको मासुको पर्ने भएकाले यहाँका स्थानीयले गाउँगाउँमा उत्पादन गरेका खसीबोका खरिद गरेर दसैँ मनाउ थालेका हुन्। अहिले च्याङ्ग्राको मासुलाई प्रतिकिलो रू दुई हजार पाँच सयमा बिक्री गर्दासमेत नाफा कमाउन मुस्किल हुने बागलुङका मासु व्यापारी बलबहादुर थापाले बताए।

उनले च्याङ्ग्रा काटेर बिक्री गर्दा कम नाफा हुने भएपछि प्रतिगोटा रोज्जा च्याङ्ग्रालाई ५० हजारमा बिक्री गर्दै आएका हुन्। थापाले एक सय ५१ च्याङ्ग्रा मुस्ताङबाट लिएर बागलुङ बजारमा बिक्री गरिरहेका छन्।

च्याङ्ग्राको मूल्य निकै महङ्गो भएपछि खसी बोकाको माग उच्च देखिएको स्थानीय बताउँछन्। बागलुङ बजारमा रायडाँडा, ताराखोला, तङ्ग्राम, गलकोट लगायतको क्षेत्रमा उत्पादन भएका खसीबोकाको मासु बिक्री भइरहेको छ। च्याङ्ग्राको मूल्यमा तीनवटासम्म बोका खरिद गर्न सकिन्छ। दसैँमा स्थानीय जातका कुखुरा पनि खपत हुने गरेका छन्।

च्याङ्ग्राको विकल्पमा खसीबोकाको मासु नै बिक्री गर्न भ्याइनभ्याइ भएको कृष्ण फ्रेस हाउसका  सञ्चालक कृष्ण खड्काले बताए। अहिले बागलुङ बजारमा मुस्ताङका च्याङ्ग्रा, रुकुम पश्चिमसम्मका भेडाहरु आएका छन्। उपभोक्ताले च्याङ्ग्राको विकल्पमा स्थानीय भेडा, खसी तथा बोका खोज्न थालेका छन्। यस वर्ष बागलुङमा जम्मा तीन सय च्याङ्ग्रा भित्रिएको हुनसक्ने उनको भनाइ थियो।

प्रकाशित: Oct 20, 2023| 21:02 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्