बुधबार, मंसिर १२, २०८१

स्वास्थ्य मन्त्रालयको सुझाव
Siddartha premir insuranceSiddartha premir insurance

'चाडपर्वमा असन्तुलित खानपान गरेर रोग ननिम्त्याउनुस्'

सेतो मासु, फलफूल र रेसादार खानेकुरामा जोड दिन स्वास्थ्य मन्त्रालय सुझाव
 |  शुक्रबार, कात्तिक ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं– स्वास्थ्य मन्त्रालयले चाडपर्वका बेला खानपानमा ध्यान दिन र असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या निम्ताउने काम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी मन्त्रालयले स्वास्थ्य बिग्रिन नदिन सेतो मासु, फलफूल र रेसादार खानेकुरा सेवनमा जोड दिएको हो।

triton college

‘चाडपर्वका बेला हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सेतो मासु, फलफूल र रेसादार खानेकुराहरू सेवनमा जोड दिन तथा स्वास्थ्यमैत्री जीवनशैलीलाई आत्मसात् गर्न अनुरोध गरिन्छ’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले चिकित्सकको सल्लाहबमोजिम औषधी सेवन गरिरहेका नागरिकलाई औषधी नछुटाउन सचेत गराएको छ। सार्वजनिक बिदाका दिनमा पनि अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिँदै मन्त्रालयले आकस्मिक चिकित्सकीय समूह (ईएनटी), आधारभूत आकस्मिक मेडिकल प्राविधिक (बीईएमटी), एम्बुलेन्स आदि तयारी अवस्थामा राख्न सरोकारवाला निकायलाई निर्देशन पनि दिएको छ। 

दसैंका बेला बिरामी परेर स्वास्थ्य सेवासम्बन्धी जानकारी आवश्यक भए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हटलाइन नम्बर १११५ र ११३३ मा सम्पर्क गर्न सकिने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ। 

प्रकाशित: Oct 20, 2023| 14:45 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्