शुक्रबार, जेठ २२, २०८३

पछिल्लो २४ घन्टामा १ लाखले छाडे उपत्यका 

घटस्थापनापछि आजसम्म कुल ४ लाख ६६ हजार नागरिक दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिए।
 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं– दसैंको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढिरहेको छ। पछिल्लो २४ घन्टामा १ लाखले दसैं मनाउन जन्मघर जाने क्रममा उपत्यका छाडेका हुन्।

National life

आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घन्टामा १ लाख बढी यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

घटस्थापनापछि आजसम्म कुल ४ लाख ६६ हजार नागरिक दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएको उनले बताए। घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको संख्या बढ्न सुरु भएकामा पछिल्लो तीन दिनदेखि अत्यधिक रूपमा बढेको भट्टले जानकारी दिए।

उनका अनुसार घटस्थापनाको दिन २८ असोजमा ५१ हजार २ सय ७९ र त्यसको भोलिपल्ट ५१ हजार ३८७ जनाले उपत्यका छाडेकामा त्यसपछि संख्या बढेको हो। ३० असोजमा ७३ हजार आठ सय ९६, १ कात्तिकमा ९१ हजार एक सय दुई र २ कात्तिकमा ९८ हजार तीन सय ३२ जनाले उपत्यका छाडेका छन्।

आज बिहानसम्ममा १ लाखले उपत्यका छाडेका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले जानकारी दिए। निजी सवारीसाधनमार्फत जानेको गणना नहुने भएकाले अझै धेरै संख्यामा नागरिकले उपत्यका छाडेको प्रहरी अनुमान छ।

Shivam cement

प्रकाशित: Oct 20, 2023| 14:13 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्