बिहीबार, वैशाख १०, २०८३

आज दसैंको सातौं दिन, घरघरमा फूलपाती भित्र्याइँदै

 |  शनिबार, कात्तिक ४, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ४, २०८०

National life
kumari

काठमाडौं- आज नवरात्रिको सातौं दिन अर्थात् फूलपाती, दसैंको खास दिन आजैबाट शुभारम्भ हुन्छ। फूलपातीको दिनदेखि सरकारी कार्यालयहरु सार्वजनिक विदा हुने भएकाले दसैंको टीका थाप्न आ-आफ्नो घर फर्किने क्रम आजैबाट बढेको छ।

घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैं घरमा आज विधिपूर्वक फूलपाती भित्राइन्छ। 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ।

प्रकाशित: Oct 21, 2023| 05:02 शनिबार, कात्तिक ४, २०८०
प्रतिक्रिया दिनुहोस्