शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को परराष्ट्र मामिला सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो।

सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन्। यसअघि उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक थिए।

उनी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन्। उनले त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्।

प्रकाशित: Oct 20, 2023| 13:41 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्