शुक्रबार, जेठ २२, २०८३

महासचिवको शून्य मत आएपछि एनआरएनएमा लफडा

 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा निर्वाचित बद्री केसीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लागेको छ।

National life

मतगणनाको नतिजा सार्वजनिक हुँदा महासचिवका उम्मेदवार केशव पौडेलको शून्य मत देखिएपछि अध्यक्ष र महासचिवका पराजित उम्मेदवार चुनावमा धाँधली भएको आरोप लगाएका हुन्।

आफूलाई लगभग ८० प्रतिशतले भोट हाले पनि मत शून्य देखाइएको महासचिवका उम्मेदवार केशव पौडेलले बताए। उनी आफैंले हालेको मत पनि मेसिनले देखाएन।  पौडेलको शून्य मत देखाएपछि अधिवेशनस्थल सोल्टी होटलमा नाराबाजी समेत भएको थियो।

निर्वाचनमा विदेशमा रहेकाहरुका लागि अनलाइन तथा काठमाडौंमा प्रत्यक्ष उपस्थित भएर मतदानको व्यवस्था मिलाइएको थियो। मतदान स्थलमा पनि अनलाइन भोटिङकै व्यवस्था थियो।

अध्यक्षमा निर्वाचित बद्री केसी यसअघि पनि अध्यक्ष हुन्। यसपालि आरके शर्मा र महेश श्रेष्ठ बद्री केसीसँग अध्यक्षको प्रतिस्पर्धामा थिए। घोषणा गरिएको परिणामअनुसार बद्री केसी १३७८ मत ल्याएर विजयी भए। यस्तै आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरे।

Shivam cement

पराजित भएका दुवै उम्मेदवारले आफूहरू निर्वाचन परिणाम अस्वीकार गर्ने बताएका छन्। उनीहरूले केसीले भोटिङ मेसिन कब्जा गरेर नियोजित रूपमा आफूहरूलाई हराइएको आरोप लगाएका छन्।

प्रकाशित: Oct 20, 2023| 08:42 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्