शुक्रबार, जेठ ३०, २०८२

नेपाल प्रहरीमा इन्स्पेक्टर र असईको भर्ना खुल्यो 

 |  शुक्रबार, कात्तिक ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

vianetvianet

काठमाडौं- नेपाल प्रहरीले निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गतको भर्ना छनोट शाखाले शुक्रबार इन्स्पेक्टर र असईमा नयाँ भर्नासम्बन्धी सूचना जारी गरेको छ। 

प्रहरीले इन्स्पेक्टर पदका लागि ९६ जना माग गरेको छ। जसमध्ये खुला प्रतिस्पर्धाबाट ५२ जना, अमर-अशक्त प्रहरी परिवारबाट २ तथा समावेशीतर्फ महिला ९, आदिवासी जनजाति १२, मधेसी १३, दलित ६ र पिछडिएको क्षेत्रका २ जना छन्। 

यस्तै, प्रहरी सहायक निरीक्षक (असई) पदका लागि २६० जना माग गरिएको छ। जसमध्ये खुला प्रतिस्पर्धाबाट १४० जना नियुक्त गरिनेछ। अमर-अशक्त प्रहरी परिवारबाट ५ तथा समावेशीतर्फ महिला २३, आदिवासी जनजाति ३६, मधेसी ३३, दलित १७ र पिछडिएको क्षेत्रका ६ जना छन्। 

इन्स्पेक्टर पदका लागि काठमाडौं उपत्यकासहित ७ वटै प्रदेश प्रहरी कार्यालयबाट आवेदन दिन सकिने प्रहरीले जनाएको छ। काठमाडौंका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट आवेदन दिन सकिने छ। 

यस्तै, प्रदेश प्रहरी कार्यालय विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, दाङ, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिनेछ। 

National life insurance

यस्तै, असईका लागि कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर (हाल सम्पर्क राजविराज, सप्तरी), बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज, बाँके), सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल र काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जबाट आवेदन दिन सकिने छ। 

प्रकाशित: Oct 20, 2023| 08:16 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्