शुक्रबार, जेठ २२, २०८३

दशैं मान्न १५ लाखले उपत्यका छाड्ने अनुमान

 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– यो वर्ष दशैं मान्न करिब १५ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान ट्राफिक प्रहरीले गरेको छ। यो संख्या उपत्यकाका चार मुख्य नाकाको हो। 

National life

उपत्यका ट्राफिक कार्यालयका अनुसार उपत्यकाका चार नाकाबाट असोज २८ गतेयता बिहीबार बिहानसम्म ३ लाख ५० हजार यात्रु बाहिरिएका छन्। बाहिरिने यात्रुको संख्या दैनिक वृद्धि हुने क्रममा छ। कार्यालयले जगाती, थानकोट, फर्पिङ र मुड्खुबाट बाहिरिने सवारीसाधनको रेकर्ड राख्ने गरेको छ। 

वर्षाका कारण सडक बिग्रिँदा यो वर्ष दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा गन्तव्यमा पु¥याउन लागि चुनौती रहेको यातायात व्यवसायीहरुले बताएका छन्। 

दशैंतिहारमा उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका यात्रुका लागि असोज २२ बाट सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइएको थियो। यसको अनुगमन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, लोत्से बहुउद्देश्यीय सहकारी तथा उपभोक्ता सम्बद्ध संस्थाले संयुक्त रुपमा गर्नेछन्। विभागले सूचना जारी गर्दै भनेको छ, ‘सवारी चालकले यात्रुलाई खाना खाना खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गर्नुपर्ने, आधिकारिक काउन्टरबाट परिचयपत्र तथा पोशक लगाएका व्यक्तिहरुबाट टिकट बिक्री गर्नु पर्नेछ।’ 

नाका तथा सवारी सञ्चालन हुने स्थानमा यात्रुका लागि नागरिक सहायता डेस्कको व्यवस्था गरिएको विभागले जनाएको छ। यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म देशभर लागु हुने गरी रुट परमिट खुला गर्ने निर्णय विभागले गरेको छ। साथै सवारीको यन्त्र तथा उपकरण चेकजाँच गरेरमात्र यात्रुलाई सवार गराउने गरी व्यवस्था मिलाएको विभागले जनाएको छ। 
 

Shivam cement

प्रकाशित: Oct 19, 2023| 19:58 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्