शुक्रबार, जेठ २२, २०८३

दशैंमा मौसम सफा रहने

 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैंमा मौसम सामान्यतया सफा रहनेछ। 

National life

महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताए। ‘दसैँमा मौसम सफा रहने देखिन्छ। देशका पहाडी भेगका एक–दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ,’ उनले भने। 

महाशाखाले आज साँझ या भोलि शुक्रबार दसैँको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ। मौसमी अवस्थाबारे विज्ञहरूबीच छलफल भइरहेकाले छिट्टै दसैँ बुलेटिन आउने मौसमविद् लामिछानेले बताए।  

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण अहिले देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

Shivam cement

प्रकाशित: Oct 19, 2023| 20:02 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्