मंगलबार, वैशाख ९, २०८२

टी–२० त्रिदेशीय सिरिज

नेपालद्वारा हङकङ ६ विकेटले पराजित

हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।
 |  बिहीबार, कात्तिक २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

vianetvianet

काठमाडौं–त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।

triton college

राजधानीमा जारी खेलमा हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ। 

हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको योगदान दिए। उनले ३४ बलमा ६ छक्कासहित ४२ रनको योगदान दिएका हुन्।

कप्तान रोहितकुमार पौडेलले अविजित २५ रन बनाए भने गुल्सन झाले अविजित १४ रन जोडे। कुशल भुर्तेल ८ रनमा आउट भए।

हङकङका लागि एहशान खानले तीन विकेट लिए भने यासिम मुर्ताजाले एक विकेट झारे। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएको थियो। 

National life insurance

हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए। जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने अविनाश बोहरा र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए। त्यस्तै, कुशल मल्ल र श्याम ढकालले समान एक/एक विकेट लिए।

प्रकाशित: Oct 19, 2023| 17:10 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्