मंगलबार, फागुन २६, २०८२

डायलासिस उपचारमा तीव्रता

 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

मकवानपुर– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालद्वारा सञ्चालित डायलासिस युनिटले डाइलाइसिस सेवालाई तीव्रता दिएको छ। युनिटले दुवै मिर्गौला फेल भएका बिरामीको उपचारमा गरिने दैनिक डाइलाइसिस सेवालाई तीव्रता दिएको हो।

National life

मधेस प्रदेशको सिराहा, बारा, पर्सा र बागमती प्रदेशको चितवन र मकवानपुरका गरी कूल ६३ मिर्गौलापीडित बिरामीले दैनिक डायलासिस गरिरहेका युनिटका इञ्चार्ज सीमा कँडेलले बताए। उनका अनुसार सबै बिरामीलाई निःशुल्क सेवा दिइएको छ।

अस्पतालको डायलासिस युनिटमा हाल १४ मेसिन रहेका जनाउँदै कँडेलले त्यसमध्ये १२ मेसिन नियमित सञ्चालनमा रहेका बताए। एउटा मेसिन आकस्मिक बिरामी भई आउनेका लागि छुट्याइएको उनको भनाइ थियो। एउटा बिग्रिएकाले केही दिनभित्रै मर्मत गरेर पुनःसञ्चालनमा ल्याइने उनले जानकारी दिए।

अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न हेटौँडा उपमहानगरपालिका र रोटरी क्लब हेटौँडाले डायलासिस मेसिन खरिद गरी उपलब्ध गराउँदै आएको थियो। 

मिर्गौला बिरामीको सम्बन्धित विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गरेपछि हप्ताको दुई पटक अनिवार्यरूपमा डायलासिस गराउनुपर्ने परामर्श दिने गरिएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौँका मिर्गौला विशेषज्ञ डा महेशराज सिग्देलले जानकारी दिए।  

Laxmi sunrise bank
kumari

डायलासिस सेवा लिने बिरामीलाई सम्बन्धित स्थानीय निकायको सिफारिसका आधारमा संघीय सरकारको स्वास्थ्य सेवा विभागअन्तर्गत विपन्न नागरिक उपचार सेवा महाशाखाले डायलासिस सेवालाई निःशुल्क प्रदान गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

हेटौँडा अस्पतालमा आकस्मिकरुपमा डायलासिस सेवा लिने बिरामीसँग रू दुई हजार पाँच सय लिने गरेको जनाउँदै स्वास्थ्य बिमा कार्ड भएका बिरामीलाई निःशुल्क सेवा दिइरहेको अस्पतालका सूचना अधिकारी राजिव झाले उल्लेख गरे।

बागमती प्रदेशअन्तर्गत आपूर्ति व्यवस्थापन केन्द्रले पाँच वटा डायलासिस मेसिन अस्पताललाई उपलब्ध गराएको अस्पतालका मेसु डा रामचन्द्र सापकोटाले बताए। पछिल्लो समय मिर्गौलाका बिरामीको चाप बढेकाले आगामी डेढ महिनाभित्रै अर्को पूर्वाधार तयार गरेपछि उक्त मेसिन सञ्चालनमा ल्याइने उनले जानकारी दिए।

केही महिनाअघिसम्म हेटौँडास्थित चुरेहिल अस्पतालबाट डायलासिस सेवा सञ्चालन गरिएकामा हाल त्यहाँका बिरामीलाई हेटौँडा अस्पतालमा स्थानान्तरण गरिएको मेसु सापकोटाले जानकारी दिए। 

प्रकाशित: Oct 19, 2023| 20:32 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्