शुक्रबार, असार २०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिकी गायिका स्विफ्टका बडीगार्ड हमासविरुद्ध युद्ध लड्न इजरायल फर्किए

अमेरिकी गायिका स्विफ्टका बडीगार्ड हमासविरुद्ध युद्ध लड्न इजरायल फर्किए

 |  बिहीबार, कात्तिक २, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

vianetvianet

काठमाडौं- अमेरिकी गायिका टेलर स्विफ्टका बडगार्ड हमासविरुद्धको युद्ध लड्‍न इजरायल फर्किएका छन्। 

इजरायली नागरिकरहेका स्विफ्टका बडीगार्डको नाम भने खुलाइएको छैन। ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि हमासलाई समाप्त पार्न युद्धको घोषणा गरिएको छ। 

उक्त युद्ध लड्नका लागि उनी स्वदेश फर्किएको र इजरायली सेनामा भर्ती भएको इजरायली विदेश मन्त्रालयले पुष्टि गरेको बीबीसीले जनाएको छ। इजरायली सेनाले करिब ३ लाख ६० हजार नागरिकहरुलाई स्वदेश फर्किएर हमासविरुद्ध लड्न लागि अपिल गरिएको छ। 

जसमध्ये इजरायल सरकारको चाटर्ड फ्लाइमार्फत अधिकांश इजरायलीहरु स्वदेश फर्किरहेका छन्। 

प्रकाशित: Oct 19, 2023| 16:27 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्