शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उपप्रधानमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमा 'स्टेनोसिस' समस्या, अवस्था स्थिर  

उपप्रधानमन्त्री श्रेष्ठको मुटुको बायाँ धमनीमा 'स्टेनोसिस' समस्या, अवस्था स्थिर  

 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं-  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ ।

National life

श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फाक्सन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखा (ओएम) मा अवरोध देखिएको अस्पतालले जनाएको ।

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिस’ (धमनी एक्कासी खुम्चिनु) देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जनाएको छ।

गृहमन्त्री श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका निम्ति मेडिकल आईसीयूमा स्थिर अत्यावश्यक संकेतका साथ पूर्ण रूपमा होसमा रहेको अस्पतालले जनाएको छ।

तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन बेइजिङ पुगेका गृहमन्त्री  श्रेष्ठलाई गएराति करिब १ बजे हृदयाघात भएको थियो।

Shivam cement

चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

NKS-1-1697711615.jpg

प्रकाशित: Oct 19, 2023| 16:17 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्