काठमाडौं- यो वर्षको दसैंमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भेगका एक-दुई स्थानमा बदली र हल्का वर्षा रहे पनि सामान्यत: मौसम राम्रो रहने महाशाखाले जनाएको छ।
महाशाखाले दसैंको विशेष मौसम बुलेटिन जारी गर्ने भएको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, जसका कारण अहिले देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना छ। भोलि शुक्रबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन र चट्याङगसहित हल्का वर्षाको सम्भावना छ।