सोमबार, वैशाख २४, २०८१

एसीसी यू–१९ प्रिमियर कप

साउदीलाई ३०१ रनले हराएर नेपाल सेमिफाइनलमा

आज मलेसियामा जारी खेलमा नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा ४६ रनमै अल आउट भएको हो। 
 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको हो। यसअघि नेपालले समूहमा बहराइन र इरानलाई पराजित गरेको थियो। 

triton college

आज मलेसियामा जारी खेलमा नेपालले दिएको ३४८ रनको लक्ष्य पछ्याएको साउदी १९.१ ओभरमा ४६ रनमै अल आउट भएको हो। साउदीका लागि बरुन मुदलियरले सबैभन्दा बढी ११ रन जोडे। साउदीका अरु ब्याटर नेपाली बलरसामु चल्न नसक्दा दोहोरो अंकमा रन जोड्न असफल रहे। 

बलिङमा नेपालका दीपेश कँडेलले ६ विकेट लिँदै ९.१ ओभरमा १८ रन खर्चिए। आकाश चन्दले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा ३४७ रन जोडेको हो। नेपालका लागि अर्जुन कुमालले शतक प्रहार गरे।

उनले १११ बलमा १७ चौका र २ छक्काको मद्दतमा १४२ रन जोडे। बलिङमा साउदीका अहमद राजा,  मोहमद अमहद र अब्दुल्लाह सिराले २–२ विकेट लिए।
५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो।

हाल भइरहेको यू–१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्नेछन्। साउदीलाई पराजित गरेसँगै नेपालले सेमिफाइनल यात्रालाई पक्का बनाएको छ। यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू–१९ एसिया कपमा छनोट हुनेछन् ।

corrent noodles
Metro Mart

प्रकाशित: Oct 19, 2023| 13:25 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्