मंगलबार, फागुन २६, २०८२

डा. ओममूर्ति अनिलले दिए खानपानका लागि यस्ता टिप्स

 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

काठमाडौं- मुटुरोग विषेशज्ञ डा. ओममूर्ति अनिलले खानामा के भन्दा क‍े राम्रो भन्दै महत्वपूर्ण टिप्स दिएका छन्।

National life

उनले  चामल र मकै भन्दा गहुँ खान राम्रो हुने बताएका छन्। उनले गहुँ भन्दा झनै राम्रो जौंको सेवन हुने जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'चिल्लो झिकेको दूध, दूध भन्दा दहि, फलफूलको जुस भन्दा सिङ्‍गै फलफूल, बोक्रा झिकेको फल भन्दा नझिकेको फलफूल राख राम्रो हुन्छ।

सेतो चामल भन्दा उसिनेको चामल स्वास्थ्यका लागि राम्रो हुने उनले जनाएका छन्। अन्य मासु भन्दा कुराको मासु, कुखुराको मासुभन्दा पनि माछा स्वास्थ्यका लागि झनै राम्रो हुने उनको सुझाव छ।

उनी सिंङ्‍गै अण्डा भन्दा अण्डाको सेतो भाग मात्रै खानु राम्रो हुने बताउँछन्। तारेको खाना भन्दा उमालेको र उसिनेको खाना स्वस्थकर हुने डा. अनिलको सुझाव छ।

Laxmi sunrise bank
kumari

नुन र चिल्लो हालेको फलफूल र सलादको साटो नुन नहालेको खान उनको सुझाव छ। बनस्पति घ्यूको साटो घ्यू र घ्यूभन्दा पनि खाने तेल स्वास्थ्यका लागि राम्रो हुने उनले बताएका छन्। यस्ता खाने कुराले स्वास्थ्यलाई सधै फाइँदा पुर्‍याउने उनले बताएका छन्।

प्रकाशित: Oct 20, 2023| 05:31 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्