बुधबार, भदौ १७, २०८३

टी–२० त्रिदेशीय सिरिज

हङकङविरुद्ध नेपालको उत्कृष्ट सुरुआत

हङकङले  ४.३ ओभरमा १४ रन बनाएर खेलिरहेको छ। 
 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– त्रिदेशीय टी–२० सिरिजमा नेपालले हङकङविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ। टस जितेर पहिले बलिङ रोजेको नेपालले ५ ओभर सकिँदा ४ विकेट लिइसकेको छ। 

पहिलो ओभर लिएर आएका करण केसीले पहिलो बलमै विकेट लिएका थिए। करणले हङकङका कप्तान निजाकत खानलाई आउट गरेका हुन्। अहिलेसम्म उनले तीन विकेट लिइसकेका छन् भने सोमपाल कामीले एक विकेट लिएका छन्। 

२.३ ओभरमा अन्सुमन रथ, ४.३ ओभरमा बबर हायातलाई आउट गरे। हङकङले  ४.३ ओभरमा १४ रन बनाएर खेलिरहेको छ। 

प्रकाशित: Oct 19, 2023| 12:25 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्