बिहीबार, माघ २२, २०८२

एसीसी यू–१९ कपः नेपालले साउदीलाई दियो ३४८ रनको लक्ष्य

नेपालले ७ विकेट गुमाएर ३४७ रन बनाएको छ।
 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– नेपालले मलेसियामा जारी एसीसी यू–१९ प्रिमियर कप समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ। आज युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको प्रदर्शनमा अंकको ठूलो स्कोर बनाएको हो।

National life

नेपालले ७ विकेट गुमाएर ३४७ रन बनाएको छ। नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्त्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहराले २९ रन बनाए।

कप्तान देव खनाले शून्य रनमै आउट भए भने दीपकप्रकाश डुम्रे १४ रन, मिलन बोहरा ९ रन र दीपेश कँडेलले १४ रन बनाए। विशालविक्रम केसी २४ रनमा अविजित रहे। ५० ओभरको खेललाई एक बल घटाएर खेलाइएको थियो।

साउदीका मोहम्म अहमद राजा र मोहम्मद घयोर अहमदले दुई÷दुई, जुहेयर मोहम्मद, अब्दुल्लाहा शिराज र शजीब मुजीबुर रहमानले एक/एक विकेट लिए। समूह ‘ए’मा नेपाल र साउदी दुवैले यसअघि इरान र बहराइनलाई हराउँदै दुई÷दुई खेल जितेका छन्। समान ४ अंक भए पनि नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ।

हाल भइरहेको यू–१९ प्रिमियर कपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ र हरेक समूहबाट शीर्ष स्थानमा रहने टोली मात्र सेमिफाइनल पुग्नेछन्। यू–१९ प्रिमियर कपको शीर्ष तीन टोली मात्र यू–१९ एसिया कपमा छनोट हुनेछन्।

Laxmi sunrise bank

प्रकाशित: Oct 19, 2023| 12:09 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्