मंगलबार, फागुन २६, २०८२

चीन भ्रमणमा रहेका गृहमन्त्री नारायणकाजीलाई हृदयाघात, अस्पताल भर्ना

गृहमन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएपछि समयमै अस्पताल लगिएपछि अहिले खतरामुक्त रहेको उनको सचिवालयद्वारा पुष्टि।
 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं– चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको छन्। चीनको राजधानी बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि मंगलबार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका स्वकीय सचिव विजय गौतमले बताएका हुन्।

National life

मन्त्री श्रेष्ठलाई अस्पतालले हृदयाघात भएको बताएको उनले जानकारी दिए। ‘माइल्ड हर्टअट्याक भनिएको छ। समयमै  अस्पताल लगिएकाले अहिले खतरामुक्त हुनुहुन्छ। अहिले उहाँ अस्पतालमै हुनुहुन्छ, विस्तृत विवरण आइसकेको छैन’, स्वकीय सचिव गौतमले भने।

गृहमन्त्री श्रेष्ठलाई मंगलबार दिउँसोदेखि नै असहज भएको बुझिएको छ। छाती दुख्यो भनेपछि श्रेष्ठलाई राती अस्पताल लगिएको थियो। अस्पतालमा स्टेन्ट राखेर उपचार गरिएको थियो। गृहमन्त्रीलाई अस्पतालले चौबीस घन्टा अब्जरभेसनमा राख्नुपर्ने जानकारी गराएको अर्का स्वकीय सचिव सुरेशकाजी श्रेष्ठको भनाइ छ।

श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ सियाओहङको निम्तोमा २९ असोजमा चीन भ्रमणमा निस्किएका थिए।

प्रकाशित: Oct 19, 2023| 10:50 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्