शनिबार, जेठ ३०, २०८३

बझाङमा बारबार भूकम्प

 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

बझाङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार राति १०:०३ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

National life

गत असोज १६ गते दिउँसो ३ बजे बझाङको चैनपुर केन्द्र गरी ६.३ म्याग्निच्युडको भूकम्प जाँदा १ जनाको मृत्यु भएको थियो र २१ जना घाइते बनेका थिए।

यस्तै ६ हजार ४ सय ८४ घरमा आंशिक क्षति पुगेको थियो। ३ हजार ५ सय २४ घरमा समान्य क्षति पुगेको थियो।

१६ गतेयता बझाङमा ४ म्याग्निच्युडभन्दा माथिका १७ परकम्प गएका छन्।

प्रकाशित: Oct 19, 2023| 10:03 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्