शनिबार, भदौ २७, २०८३

चीन भ्रमणमा रहेका गृहमन्त्रीलाई हृदयाघात

 |  बिहीबार, कात्तिक २, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २, २०८०

चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्। बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि मंगलबार पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनको स्वकीय सचिवालयले जनाएको छ।

अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको जानकारी दिएको सचिवालयले बताएको छ। माइल्ड हर्ट अट्याक भएकाले उनी खतरामुक्त छन्।

उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीन मन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए।

प्रकाशित: Oct 19, 2023| 09:55 बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्