शुक्रबार, असार २०, २०८२

भारतीय सहयोगमा निर्मित दुई परियोजना उद्घाटन

 |  बुधबार, कात्तिक १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

vianetvianet

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन भएको छ। भारतीय राजदूतावास काठमाडौंका राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले परियोजना उद्घाटन गरेका हुन्।

नेपाल-भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको ५.५२३ करोड रुपैयाँ अनुदान सहयोगमा सर्केगाड गाउँपालिकास्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय भवनको विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा औपचारिक हस्तान्तरण भएको हो।

प्रकाशित: Oct 18, 2023| 21:49 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्