आइतबार, मंसिर २८, २०८२

नेपाली सेनाका राईलाई लिगलिगे दौडको उपाधि 

उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्।
 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

गोरखा–११औं लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन्। निर्धारित १३.८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन्। उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्।

National life

प्रतियोगितामा निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो हुनुभएको छ। भारतीय सेनामा कार्यरत अनिष थापामगर प्रतियोगितामा यसपटक तेस्रो भए। उनले निर्धारित दूरी ५८ मिनेट ३५ सेकेन्डमा पूरा गरेर तेस्रो हुन सफल भएका हुन्।

गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङदी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु भएको दौड प्रतियोगिता ढिँकीडाँडा, ठाँटीपोखरी, पानी ट्यांकी, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुंगिएको थियो।

प्रतियोगितामा उपाधि विजेता राईले एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। त्यस्तै, दोस्रो भएका रावतले ५० हजारसहित मेडल र प्रमाणपत्र, तेस्रो हुने सफल थापामगरले २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको  आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जीव रानाले जानकारी दिए।

नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये एक लिगलिग कोटमा दौडेर पहिलो हुने व्यक्ति राजा हुने परम्परा थियो। तत्कालीन समयमा दौडर राजा हुने परम्परालाई जोगाइराख्न पछिल्लो समय दौड प्रतियोगिता गर्ने गरिएको छ।

Laxmi sunrise bank
kumari

लिगलिगमा आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताले टेवा पुगेको आयोजकले जनाएको छ। १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले बताए।

द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्परा अन्त्य भएको मानिन्छ।–रासस

प्रकाशित: Oct 18, 2023| 15:32 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्