शनिबार, जेठ २३, २०८३

चितवनमा २७ हजारभन्दा बढी लम्पी स्किन खोप लगाइयो

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

भरतपुर- चितवन जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ। तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैंसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३ गोरुमा खोप लगाइएको हो।

National life

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भरतपुरका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यका अनुसार रोगको सङ्क्रमण देखिन थालेपछि जेठदेखि जिल्लामा खोप लगाउन सुरु गरिएको हो।

गत वैशाखमा रोगको सङ्क्रमण देखिएको थियो। लगाइएका खोपमध्ये केन्द्रले आठ हजार दुई हजार ५० खोप उपलब्ध गराएको थियो भने अन्य खोप स्थानीय पालिका एवं कृषकको अग्रसरतामा लगाइएको हो।

कार्यालयका अनुसार जिल्लामा हालसम्म १२ हजार पाँच सय २३ पशुचौपाय सङ्क्रमित भएका छन्। जसमध्ये गाई ११ हजार तीन सय ७८, गोरु सात सय ९६ र भैंसी तीन सय ४९ रहेका छन्। यस्तै, सङ्क्रमितमध्ये चार सय दुईवटा पशुचौपाय मरेको केन्द्रको तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार गाई तीन सय ७४ र गोरु २८ मरेका हुन्। सङ्क्रमणमुक्त पशुचौपायमा १२ हजार एक सय चारवटा पशुचौपाय रहेका छन्। जसमा गाई १० हजार नौ सय ८७, गोरु सात सय ६८ र भैंसी तीन सय ४९ वटा सङ्क्रमणमुक्त भएका छन्। यस रोगको सङ्क्रमण अहिले १७ वटा पशुचौपायमा मात्रै रहेको अधिकृत डा. आचार्यले जानकारी दिए।

Shivam cement

गर्मी मौसममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप फैलिने गरेको छ। गाईभैंसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख, ओठ, र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्ने जस्ता लक्षण देखापर्दछन्।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट सर्ने गर्दछ। सङ्क्रमित गाईवस्तुको ओसारपसार, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ।

यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैंसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार किट विकर्षकको प्रयोग गर्नुपर्ने अधिकृत डा. आचार्यले बताए।

प्रकाशित: Oct 18, 2023| 21:02 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्