काठमाडौं– बझाङलाई केन्द्रबिन्दु बनाएर १६ देखि २५ असोजसम्म पटक–पटक गएको भूकम्पका कारण जिल्लामा २ हजार ४४५ घर क्षतिग्रस्त भएको प्रशासनले विवरण सार्वजनिक गरेको छ। भूकम्पको क्षतिपछि स्थानीय तहको समन्वयमा संकलन भएको विवरणअनुसार २ हजार ४४५ निजी घरमा क्षति पुगेको हो।
भूकम्पमा परेर एक महिलाको मृत्यु र २१ जना घाइते भएका थिए। भूकम्पले ६ हजार ४८४ घरमा आंशिक क्षति र ३ हजार ५२४ घरमा समान्य क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।
भूकम्पले १२३ सरकारी कार्यालयमा पूर्ण र १५२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ। जलविद्युत् आयोजनालगायत अन्य ५० वटा अन्य संरचनामा क्षति पुगेको छ।