शनिबार, जेठ २३, २०८३

श्रीमती हत्याको आरोपमा पिटर राई पक्राउ

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। मंगलबार राति त्रियुगा नगरपालिका-५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो।

National life

उनले श्रीमती ३० वर्षीया छविमायाको हत्या गरेको बताइएको छ। घरायसी विवाद हुँदा उनले खाना पकाउने कुकरले हिर्काएर छविमायाको हत्या गरेको प्रहरीले बताएको छ।

गम्भीर घाइते भएकी छविमायालाई जिल्ला अस्पताल उदयपुर लगिएकोमा त्‍यहाँ उपचारको क्रममा मृत्यु भएको हो। उनको मृत्यु भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय जलजले र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले पिटरलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: Oct 18, 2023| 13:48 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्