शनिबार, जेठ २३, २०८३

होटलमा महिला मृत फेला, शंकास्पद एकजना पक्राउ

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलंगास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शं‌कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

National life

प्रहरीले पक्राउ परेका को हुन् भन्ने खुलाएको छैन। मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खल‌ंगाको सत्कार होटलको कोठा नम्बर १ मा मंगलबार बिहान मृत फेला परेकी थिइन्।

मृतक महिलाको घाँटीमा चोट रहेको प्रहरीले बताएको छ। होटलको कोठामा सिरकले छोपेको अवस्थामा शव फेला परेको थियो। उक्त कोठा आइतबारदेखि त्रिवेणी गाउँपालिका ठेगाना भएका भनिएका विकास केसीको नाममा बुक गरिएको बताइएको छ।

 

प्रकाशित: Oct 18, 2023| 13:31 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्