शनिबार, जेठ २३, २०८३

बलात्कार आरोपी वडाध्यक्ष धमलालाई लगियो कारागार

ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला बलात्कार आरोपमा कारागार चलान भएका हुन्।
 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०
National life
Shivam cement

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका वडाध्यक्ष छविरमण धमलालाई पुर्पक्षका लागि कारागार लगिएको छन्। धमला ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष हुन्। 

स्थानीय २५ वर्षीया युवतीले धमलाले आफूमाथि बलात्कार गरेको दाबीसहित जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ५ असोजमा किटानी जाहेरी दिएकी थिइन्। सोही आधारमा धमलालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो।

हिरासतमा रहेका धमलालाई ओखलढुंगा जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए। धमलालाई कारागारमा राखेर थप अनुसन्धान गरिने उनको भनाइ छ।

प्रकाशित: Oct 18, 2023| 12:53 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्