बिहीबार, जेठ २९, २०८२

यस वर्षको विपद्जन्य घटनामा परेर ९२ को मृत्यु, ३० बेपत्ता

मनसुनको समय पहिरोका ४५९, बाढीका १४२, ठूलो वर्षाका १६८ र १२३ वटा चट्याङका घटना भएको प्राधिकरणको विवरण।
 |  बुधबार, कात्तिक १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

vianetvianet

काठमाडौं– यस वर्षको मनसुन समय देशभर विपद्जन्य घटनाबाट ९२ जनाको मृत्यु भएको राष्ट्रिय विपाद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
नेपालमा ३१ जेठदनेखि मनसुन सुरु भएको थियो।

यस वर्षको विपद्जन्य घटनामा परेर ३० जना बेपत्ता र १६८ घाइते भएको प्राधिकरणको विवरण उल्लेख छ। मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएको प्राधिकरणका प्रवक्ता ध्रुव खड्काले बताए।

मनसुनको समय पहिरोका ४५९, बाढीका १४२, वर्षाका १६८ र चट्याङका १२३ घटना भएको उनले जानकारी दिए। यसपटक १३ दिन ढिला गरी मनसुन २८ असोजमा बाहिरिएको थियो भने एक दिन ढिला गरी गत ३१ जेठमा भित्रिएको थियो। 

यस वर्ष १२४ दिन मनसुन रहेको प्राधिकरणका प्रवक्ता खड्काले बताए थियो। यस पटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँ–ठाउँमा ठूलो क्षति हुने गरी ठूलो वर्षासँगै बाढीपहिरो गएका थिए।

प्रकाशित: Oct 18, 2023| 12:11 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्