शनिबार, जेठ २३, २०८३

इजरायलबाट भारतीय विमानमार्फत थप १९ नेपाली दिल्ली आइपुगे

भारतीय विमानमार्फत इजरायलमा रहेका १९ जना नेपाली मंगलबार राती नयाँ दिल्ली ओर्लिएका हुन्।
 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

काठमाडौं– इजरायलमा प्यालिस्टनी चरमपन्थी समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किन अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ।भारतीय विमानमार्फत इजरायलमा रहेका १९ जना नेपाली मंगलबार राती नयाँ दिल्ली ओर्लिएका हुन्।

National life

इजरायलमा रहेको नेपाली दूतावासमा निवेदन दिएका मंगलबार राती नयाँ दिल्ली आइपुगेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। उनीहरू मंगलबार बिहान इजरायलको स्थानीय समयअनुसार ९ बजे नयाँ दिल्लीका लागि उडेका थिए।

इन्डियन रेस्क्यु फ्लाइटमार्फत दिल्ली ल्याइएका १९ नेपालीलाई पश्चिम नेपाल हुँदै आ–आफ्नो गृहजिल्ला पठाइने प्रवक्ता लम्सालको भनाइ छ। हाल इजरायलबाट नेपाल फर्किन चाहनेको संख्या तीन सय बढी रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका विद्यार्थी असुरक्षित भएपछि सरकारले शुक्रबार २५४ जनालाई स्वदेश फर्काएको थियो। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आफैं गएर ती विद्यार्थीलाई ल्याएका थिए।

इजरायल सरकारले आक्रमणमा परेर मृत्यु भएका १० जनामध्ये पाँच जनाको शव हस्तान्तरण गरिसकेको छ भने पाँच जनाको शव ल्याउने प्रक्रिया बाँकी रहेकाले अझै केही समय लाग्ने प्रवक्ता लम्सालले जानकारी दिइन्। हमासको आक्रमणमा परेर सम्पर्कविहीन भएका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ।

Shivam cement

प्रकाशित: Oct 18, 2023| 11:02 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्