शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना, एकको मृत्यु, आठ घाइते

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना, एकको मृत्यु, आठ घाइते

आज बिहान पौने ७ बजे पनौती–५ सुन्दर बस्तीमा काठमाडौंबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ज०२९८ को इलेक्ट्रिक गाडी दुर्घटनामा परेको हो।
 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०

काठमाडौं– काभ्रेको पनौती नगरपालिका–५ मा मोटरसाइकलाई ठक्कर दिएर भागेको बिजुली गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना  घाइते भएका छन्।

National life

आज बिहान पौने ७ बजे पनौती–५ सुन्दर बस्तीमा काठमाडौंबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ज०२९८ को इलेक्ट्रिक गाडी दुर्घटनामा परेको हो।

उक्त गाडी सोही दिशातर्फ जाँदै गरेको बा६४प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि भाग्दा सडकको नालीमा खसेर दुर्घटना भएको हो। 
गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ की अन्दाजी २० वर्षीया रमिला बुढाथोकीको आज बिहान ७ः३५ बजे धुलिखेलमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–१२ की २३ वर्षीया पुष्पा तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ का ५१ वर्षीय टंकप्रसाद दाहाल, मोटरसाइकल चालक इलाम थाकथुम गाउँपाकिला–३ का ४० वर्षीय रामकुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएको प्रहरीले जनाएको छ।

यस्तै, मन्थली नगरपालिका–२ की ज्ञानु ढुंगेल, रकिट ढुंगेल, लिखु तामाकोसी गाउँपालिका–६ का अनिल आले मगर, सिन्धुली सुनकोसी गाउँपालिका–३ की  उर्मिला घिमिरे घाइते भएकी छन्। गाडी चालक पनौती–५ का ४१ वर्षीय उपेन्द्र थापालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ। 

Shivam cement

प्रकाशित: Oct 18, 2023| 10:40 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्