काठमाडौं- बीपी राजमार्गको काभ्रे भञ्ज्याङमा इलेक्ट्रिक गाडि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन्।
काठमाडौंबाट पूर्व इलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई सोहीतर्फ जाँदै गरेको बा प्र ०३-००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक गाडिले ठक्कर दिएको हो।
ठक्कर दिएर भाग्ने क्रममा सो गाडिमा सवार रामेछाप मन्थली-१२ बस्ने २० वर्षीया रमिला बुढाथोकीको निधन भएको प्रहरीले जनाएको छ।