शुक्रबार, असार १२, २०८३

टी-२० त्रिकोणात्मक सिरिजमा आज नेपाल र यूएईको खेल

 |  बुधबार, कात्तिक १, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १, २०८०
National life
Shivam cement

नेपालसहित हङकङ र युएई सम्मिलित त्रिकोणात्मक टी२० क्रिकेट सिरिज आजबाट सुरू हुँदैछ। शृंखलाको पहिलो खेलमा नेपाल र युएई भिड्दैछन्। खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

मुलपानीमा हुने त्रिकोणात्मक क्रिकेट सिरिजका सम्पूर्ण तयारी सम्पन्न गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो।

डबल राउण्ड रोबिनका आधारमा हुने सिरिजको फाइनल खेल भने कात्तिक १० गते कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने कार्यक्रम छ।

प्रकाशित: Oct 18, 2023| 07:10 बुधबार, कात्तिक १, २०८०
प्रतिक्रिया दिनुहोस्