बिहीबार, वैशाख १०, २०८३

चाणक्य नीति: यसरी गर्न सकिन्छ दुश्मनलाई पराजित

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

आचार्य चाणक्यको नीतिमा मानव समाजसँग सम्बन्धित हरेकजसो समस्याको समाधान भेटिन्छ। अहिलेको वर्तमान परिस्थितिसँग पनि चाणक्य नीति मेल खान्छ। 
यदि कुनै व्यक्ति जीवनमा चाणक्य नीतिको पालना गर्छ भने सफलता हासिल गर्न सक्छ भनिन्छ। 

National life

चाणक्य नीतिका अनुसार हरेक व्यक्तिले आफ्नो आय र व्ययको बारेमा सही जानकारी राख्नुपर्छ। जो मानिस आफ्नो कमाइअनुसार खर्च गर्छ, त्यो व्यक्ति जीवनभर सुखी रहन्छ। जो मानिस आफ्नो आयभन्दा बढी खर्च गर्छ, त्यो कहिल्यै सुखी हुँदैन।

चाणक्य नीतिका अनुसार यदि कोही नीच व्यक्ति तपाईंको नजिक आउँछ भने त्यस्ता व्यक्तिबाट तुरुन्त टाढिनुहोस्। त्यस्ता व्यक्ति भएको स्थानमा विल्कुलै नबस्नुहोस्। यदि कुनै ठाउँमा झैझगडा र झमेला भइरहेको छ भने त्यस्तो ठाउँबाट भाग्नु नै उचित हुन्छ।

यसैगरी जो मानिस अगाडि मिठा–मिठा कुरा गर्छन्, त्यस्ता मानिसहरुले पछाडि बर्बाद पारिरहेका हुन्छन्। शत्रुलाई पराजित गर्न उसलाई कुटनीतिमा फसाउनुस् र शत्रु कमजोर भएपछि प्रहार गर्नुस्।

प्रकाशित: Oct 17, 2023| 21:17 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्