सोमबार, पुस १४, २०८२

स्तन क्यान्सर पत्ता लाउन सक्छ डिभाइस जडित यो ब्रा

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

कल्पना गर्नुस्- तपाईंले लगाएको ब्रा मा एउटा यस्तो उपकरण जडान भएको छ जसले तपाईंले चिया पिइरहनु भएको बेला पनि स्तन क्यान्सरमा ट्युमर छ भने त्यो पत्ता लगाउन सक्छ। हो, टर्कीका वैज्ञानिक डाक्टर जानान दादेविरेनले म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)को मिडिया ल्याबमा यो प्रविधिको विकास गरेका छन्। 

National life

यो उपकरण उनले आफ्नी आन्टीको सम्मानमा तयार गरेका हुन् जसको मृत्यु स्तन क्यान्सरका कारण भएको थियो।  जो महिलालाई स्तन क्यान्सरको खतराका कारण बारम्बार म्यामोग्राम गर्ने सल्लाह दिइन्छ, उनीहरुका लागि यो उपकरण सहयोगी हुन सक्छ। ब्रामा जडान गरिने यो डिभाइसले ब्रेस्ट क्यान्सरको मनिटरिङ गरिरहन्छ।

क्यान्सरको कुरा गर्दा सबैभन्दा धेरै बिरामी स्तन क्यान्सरका हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा विश्वभर २३ लाख महिलाको स्तन क्यान्सर पहिचान भएको थियो र ६ लाख ८५ लाखको यही रोगका कारण ज्यान गएको थियो। महिलाको मृत्युको कारकमा स्तन क्यान्सर दोस्रो नम्बरमा आउँछ। अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सुरुमै स्तन क्यान्सर पत्ता लागेको खण्डमा र यो एकै ठाउँमा केन्द्रित भएको छ भने पाँच वर्ष जिवित रहने सम्भावना ९९ प्रतिशत हुन्छ।

डाक्टर दादेविरेनका अनुसार उनले आविष्कार गरेको उपकरणले जिवित रहने दर बढाउन मद्दत मिल्न सक्छ किनकी जो महिलाको क्यान्सर ढिलो गरी पत्ता लागेको छ, उनको जिवित रहने सम्भावना २२ प्रतिशतमात्र हुन्छ।

यो डिभाइस यस्ता महिलालाई लगाइन्छ जसलाई स्तन क्यान्सरको खतरा बढी छ। यसले उनलाई म्यामोग्राम या सेल्फ एक्जामिनेसन (आफैं जाँच गर्ने) को बीचको समयमा बन्न सक्ने गाँठा पत्ता लगाउन सहयोग पुग्छ। यो उपकरणले केही गडबडी पत्ता लगाएको खण्डमा म्यामोग्राफी गर्न सकिन्छ।

Laxmi sunrise bank
kumari

एमआईटी टिमलाई यो डिभाइस बनाउन साढे ट वर्ष लागेको थियो। यही वर्षको अगष्टमा यो उपकरणले अमेरिकामा प्याटेन्ट पाएको छ र यसको परीक्षण भइरहेको छ। यो डिभाइसको मूल्य एक हजार डलर तोकिएको छ। ठूलो परिमाणमा उत्पादन भएपछि यसको मूल्य घट्नेछ तर यसका लागि करिब पाँच वर्ष पर्खिनु पर्नेछ।

विश्व स्वास्थ्य संगठनका अनुसार विकासशील देशमा स्तन क्यान्सरबाट हुने मृत्युको कारण यो ढिलो पत्ता लाग्नु र समयमै राम्रो उपचार नपाउनु हो। यस्तोमा यो उपकरणले चाँडो लक्षण पत्ता लागेर उपचारमा जाने र बढी समय बाँच्ने सम्भावना बढी हुन्छ।
बीबीसी हिन्दीबाट


 
 

प्रकाशित: Oct 17, 2023| 19:15 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्