शनिबार, भदौ २७, २०८३

घरबाट निस्केको तीन दिनपछि युवक मृत फेला

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

तीन दिनदेखि सम्पर्कविहीन भएका जाजरकोटका एक युवक मृत फेला परेका छन्। भेरी नगरपालिका-१२ निवासी ३५ वर्षका इन्द्रबहादुर बस्नेत मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक माधव विश्वकर्मका अनुसार गत आइतबार घरबाट कसैलाई केही नभनी निस्किएको र खोजतलास गर्ने क्रममा नजिकैको सालविसौना भन्ने जंगलमा भिरबाट अन्दाजी एक सय ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो।

मदिरा सेवन गरेर भिरालो बाटोमा हिँडेका कारण लडेर मृत्यु भएको प्रहरीको अनुमान छ।

प्रकाशित: Oct 17, 2023| 16:23 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्