शनिबार, जेठ २३, २०८३

पुरुषको नाममा बुक भएको होटलमा महिला मृत फेला

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

रूकुम पश्चिमको एक होटलमा महिला मृत फेला परेकी छिन्। मुसीकोट नगरपालिका-१ खलंगास्थित सत्कार होटलमा अन्दाजी ३० वर्षीया एक महिलाको शव फेला परेको हो।

National life

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक महिलाको पहिचान खुलेको छैन। होटलको कोठामा सिरकले छोपेको अवस्थामा आज बिहान शव फेला परेको हो। उक्त कोठा आइतबारदेखि त्रिवेणी गाउँपालिका ठेगाना भएका भनिएका विकास केसीको नाममा बुक गरिएको पनि बताइएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गर्न कुकुरसहितको टोली घटनास्थलमा पठाएको छ।

 

प्रकाशित: Oct 17, 2023| 15:22 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्