बुधबार, जेठ २८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • तालिमप्राप्त कुकुर र ड्रोनबाट गरिँदै उपत्यकाको सुरक्षा निगरानी

तालिमप्राप्त कुकुर र ड्रोनबाट गरिँदै उपत्यकाको सुरक्षा निगरानी

चाडवाडका बेला सुरक्षा सतर्कता अपनाई परिवार, छिमेक, समाज र समग्र काठमाडौं उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा प्रहरी। 
 |  मंगलबार, असोज ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

vianetvianet

काठमाडौं– मेलापर्व सुरु भएसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यकाको सुरक्षा निगरान बढाएको छ। कार्यालयले प्रहरी जनशक्तिसहित तालिमप्राप्त कुकुर र ड्रोनसमेत प्रयोग गरेर उपत्यकाका भक्तपुर, काठमाडौं र ललितपुरमा सुरक्षा निगरानी बढाएको हो।

प्रहरीले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ। चाडवाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौँ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ। 

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको जानकारी दिए। उनका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरिएको छ।

जारी अपिलमा नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइ फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छ/छैन यकिन गर्न र सकेसम्म साइरन जडित ताल्चा जडान गर्न, लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न भनिएको छ।

यस्तै, सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकिङको पासवर्डलगायत हरदम गोप्य राख्न, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले भ्याउने अंकको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक नगर्न अनुरोध गरिएको छ।

National life insurance

ल्ंगुरबुर्जा, तास, जुवालगायतका हारजित हुने खेल खेल्दा उठिबास हुनसक्नेतर्फ सचेत बनौँ बन्न, मादक पदार्थ सेवन (मापसे), लागूपदार्थ सेवन (लापसे) गरी सवारी नचलाउन, ट्राफिक नियमको पालना गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

उपत्यका प्रहरीले तालिमप्राप्त कुकुर र ड्रोनको समेत प्रयोग गरेर उपत्यकामा सुरक्षा निगरानी बढाएकाले ढुक्कसँग चाडपर्व मनाउन पनि अनुरोध गरेको छ।

प्रकाशित: Oct 17, 2023| 13:30 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्