शनिबार, जेठ २३, २०८३

अपुतालीको धन पाउने लोभमा ९५ लाख गुम्यो

पूर्वसरकारी कर्मचारीसमेत रहेका पुरी टर्कीको इस्तानबुल बैंकमा रहेको भनिएको ९५ लाख अमेरिकी डलर पाउने आशमा ठगिएका हुन्।
 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

काठमाडौं– ‘अपुतालीको धन’ प्राप्त गर्ने लोमा फसेपछि काठमाडौंका ६९ वर्षीय तारा पुरीले ९५ लाख रुपैयाँ गुमाएका छन्। पूर्वसरकारी कर्मचारीसमेत रहेका पुरी टर्कीको इस्तानबुल बैंकमा रहेको भनिएको ९५ लाख अमेरिकी डलर पाउने आशमा ठगिएका हुन्।

National life

टर्कीको इस्तानबुलस्थित इस्तानबुल बैंकको नामबाट आएको इमेलमा ‘इस्तानबुल बैंकमा एड्रिन पुरीको नाममा ९५ लाख अमेरिकी डलर छ। उनको केही महिनाअघि गएको भूकम्पमा मृत्यु भइसकेको छ। हकवाला कोही नभएको हुँदा तपाईंले नाता प्रमाणित गरेर लिन सक्नुहुन्छ’ भनिएको थियो।

मृतक पुरी नै भएको हुँदा नाता प्रमाणित गर्न सकिने आत्मविश्वास उनमा जाग्यो। उनले आवश्यक प्रक्रिया बुझ्न भन्दै तुरुन्तै बैंकलाई इमेल रिप्लाई गरे। बैंकले पुरीसँग नागरिकता, पासपोर्टदेखि आवश्यक सबै कागजात माग्यो। पुरीले सबै कागजात स्क्यान गरेर इमेल गरे।

पुरीलाई इस्तानबुल बोलाइए जान नसक्ने भनेपछि रकम पाउन अधिवक्ता ‘हायर’ का लागि शुल्क बुझाउन भनिएको रहेछ। पुरी सहमत भएपछि रकम पठाउन बैंकले नेपाली बैंककै खाता नम्बरमा रकम पठाउन थाले। त्यसका लागि थप शुल्क लाग्ने भन्दै पुरीले ९५ लाख रुपैयाँ रकम दिएको देखिएको छ।

पुरीले ९५ लाख रुपैयाँ भुक्तानी गरिसकेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टेलिफोन आयो। अपराध अनुसन्धान कार्यालय पुगेका पुरीको नाममा रहेको बैंक खातामा रकम पठाएर बुझ्ने अनलाइन ठगीमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि मात्र ठगीको रहस्योद्घाटन भएको हो। 

Shivam cement

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनामा संलग्न महावीर शाह, कमल चौधरी, पुरुषोत्तम कार्की र लक्ष्मण नेपालीलाई पक्राउ गरेको छ। कार्यालयका अनुसार उनीहरूले सोही तरिका अपनाएर विभिन्न व्यक्तिबाट ८ करोड ५७ लाख रुपैयाँभन्दा धेरै रकम ठगेको खुलेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोेमेन्द्रसिंह राठौरले भने, ‘मृतकको नाममा रहेको रकम उपलब्ध गराउने भन्दै एक पीडितबाट ९५ लाखभन्दा धेरै रकम ठगी भएको अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न केही व्यक्ति पक्राउ परेका छन्। केही फरार छन्।

प्रकाशित: Oct 17, 2023| 13:05 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्