शनिबार, जेठ २३, २०८३

इजरायलबाट नेपाल फर्किन आवेदन दिएका १९ जनाको उद्धार

सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।
 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

काठमाडौं– इजरायलमा प्यालिस्टनी चरमपन्थी समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्किन  अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ।सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। 

National life

परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको चेल अभिभबाट भारतीय उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ नेपाली नागरिक तेल अभिभबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ’, उनले भने।

मन्त्रालयले स्थानीय समयअनुसार तेल अभिभबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने जानकारी दिए।

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याउनेछ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ। उनीहरु मंगलबार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ। 

सरकारले उद्धार गरेका नेपालीमा नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल रहेका छन्।

Shivam cement

यस्तै, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित: Oct 17, 2023| 12:03 मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्