शनिबार, जेठ २३, २०८३

बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

खजुरा- बाँकेको खजुरा गाउँपालिकामा एक विद्यालयको बस पल्टिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ। 

National life

खजुरा गाउँपालिका नजिकै रहेको दीपक बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा खजुरा गाउँपालिका–६ का १२ वर्षीय ऐसव नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक अशोक मल्लले बताए। 

प्रहरी निरीक्षक मल्लका अनुसार आज साँझ विद्यायलबाट घर पुर्‍याउने क्रममा खजुराबाट सिमलघारीतर्फ जाँदै गरेको ना ४ ख ६५१ नम्बरको बसको स्टेरिङ फेल भएर पुलबाट बस पल्टिँदा विद्यार्थी नेपालीको मृत्यु भएको हो। उक्त बसमा करिब ४० विद्यार्थी सवार थिए। तीमध्ये ३० सामान्य घाइते भएका छन्।

घाइते भएकालाई स्थानीय अस्पतालतमा उपचार गराई घर फर्काइएको छ। एक गम्भीर घाइतेलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Oct 16, 2023| 21:26 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्