शनिबार, भदौ २७, २०८३

अमेरिका पठाइदिन्छु भनेर ११ लाख ठग्ने पक्राउ

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। दैलेख घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। भुवनेश्वर अनात्यले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 16, 2023| 17:56 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्