मंगलबार, जेठ २७, २०८२

अमेरिका पठाइदिन्छु भनेर ११ लाख ठग्ने पक्राउ

 |  सोमबार, असोज २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

vianetvianet
National life insurance

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। दैलेख घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो। भुवनेश्वर अनात्यले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 16, 2023| 17:56 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्