शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकारको भौतिक र आर्थिक सुरक्षामा गम्भीर बनौं : आईएफजे सदस्य सिग्देल 

पत्रकारको भौतिक र आर्थिक सुरक्षामा गम्भीर बनौं : आईएफजे सदस्य सिग्देल 

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

काठमाडौं-  अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) एसिया–प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले पछिल्लो समय पत्रकारको भौतिक र आर्थिक सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने बताएका छन्। 

National life

आईएफजे एसिया–प्यासिफिकको कार्यकारी समितिको बैठकमा सदस्य सिग्देलले इजरायल–हमास युद्धको रिपोर्टिङ गर्ने क्रममा ज्यान गुमाएका पत्रकारप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका दुई जनाको खोजीका लागि पहल गर्नुपर्ने बताएका छन्। 

उनले युद्धग्रस्त क्षेत्रमा मात्र नभएर सामान्य अवस्था हुँदा पनि पत्रकारमाथि आक्रमण र धम्कीका घटनाहरु भइरहेको उल्लेख गर्दै भने, ‘आजको अवस्थामा पनि विभिन्न स्वार्थ समूहले पत्रकारमाथि आक्रमण गर्ने तथा धम्कीका घटनाहरु हुनु दुःखद कुरा हो। यसलाई नियन्त्रण गर्नका लागि पीडक पक्षलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ।’

नेपाल प्रेस युनियका पूर्वअध्यक्ष समेत रहेका आईएफजेका सदस्य सिग्देलले नेपालमा अर्थतन्त्र कमजोर हुँदै जाँदा त्यसको असर आमसञ्चारमाध्यममा पनि परेको बताए। उनले भने, ‘नेपालको अर्थव्यवस्था धिमा भएसँगै यसको प्रत्यक्ष असर विज्ञापन बजारमा आधिरित भएर सञ्चालनमा रहेको आमसञ्चारमाध्यमहरुमा परेको छ। जसका कारण केही बन्द भएका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन्। उक्त मिडिया हाउसमा काम गर्ने पत्रकारहरुले मासिक पारिश्रमिकसमेत पाउन नसकेको अवस्था छ।’

त्यसैगरी सामाजिक सञ्जालका कारण मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको जोखिम बढेकोले नियामक निकायलाई बलियो बनाउनु पर्ने पनि उल्लेख गर्दै कार्यकारी सदस्य सिग्देलले भने, ‘अनलाइन समाचार पोर्टलहरुमा भएको संख्यात्मक वृद्धिलाई गुणात्मक परिणाम ल्याउनका लागि प्रशिक्षण, नियमन र अनुगमनको दायरा बढाउन आवश्यक देखिएको छ।’

Shivam cement

त्यसैगरी अन्तर्राष्ट्रिय पत्रकार महासंघ एसिया–प्यासिफिक अध्यक्ष सबिना इन्द्रजितले युद्धग्रस्त क्षेत्रमा आईएफजेको भूमिका उपस्थिति र भइरहेका कार्यक्रमबारे जानकारी गराएकी हुन्। 

आईएफजेका महासचिव बिलेङगर एन्थोनीले पत्रकारको सुरक्षा मुख्य चासो भएको उल्लेख गर्दै भने, ‘अहिले मुख्य मुद्दा भनेको युद्धग्रस्त क्षेत्रमा कार्यरत पत्रकारहरुको सुरक्षा नै रहेको छ। हामी दुबै पक्षलाई पत्रकारको सुरक्षामा गम्भीर बनिदिन पनि अपिल गर्दछौं।’

प्रकाशित: Oct 16, 2023| 15:28 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्