शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चट्याङबाट ६ महिनामा ६० जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयले गर्‍यो यस्तो आग्रह

चट्याङबाट ६ महिनामा ६० जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयले गर्‍यो यस्तो आग्रह

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई चट्याङबाट सुरक्षित राख्न र चट्याङबाट हुने घाइतेको उचित व्यवस्थापनका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ। 

National life

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्था र स्वास्थ्य उपकरणलाई चट्याङ प्रतिरोधात्मक बनाउन उचित व्यवस्थापन गर्न आग्रह गरेका छन्। 

‘मनसुनलगायत अन्य बेला हुने चट्याङबाट हुने घाइतेको लक्षण र व्यवस्थापन विद्युतीय विपद्बाट हुने घाइतेभन्दा भिन्न हुने हुँदा सोको बारेमा जानकार रही उचित व्यवस्थापन गर्न गराउन आग्रह गर्छौ’, विज्ञप्तिमा भनिएको छ।  

गृह मन्त्रालयको तथ्याङ्कअनुसार गत वर्ष २०७९ जेठ २२ गतेदेखि असोज ३० गतेसम्म कुल एक सय ८७ चट्याङका घटनामा ६० जनाको मृत्यु भएको थियो । यस्तै १ सय  ५७ जना घाइते भएको थिए।

‘चट्याङ्का घटनाको सङ्ख्या अघिल्लो वर्ष विपद्का कारण भएका मृत्युमध्ये दोस्रो र घाइतेको सङ्ख्यामा प्रथम थियो भने यसवर्ष बढ्दो क्रममा देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘चट्याङबाट स्वास्थ्य संस्थाको सुरक्षा र चट्याङबाट हुने घाइतेहरूको उचित व्यवस्थापन गर्नका लागि स्वास्थ्य क्षेत्रको पूर्वतयारी अपरिहार्य छ।’

Shivam cement

प्रकाशित: Oct 16, 2023| 19:02 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्