मंगलबार, माघ १, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मनमा नकारात्मक विचार आए के गर्ने ?

 |  मंगलबार, असोज ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ३०, २०८०

ntc landingntc landing

तपाईंको मनमा पनि नकारात्मक विचार आउने गर्छ ? यसले हैरान बनाएको छ भने सामाधानको केही उपायहरु अपनाउँदा मनबाट नकारात्मक भावनालाई केही हदसम्म कम गर्न सकिन्छ।

himalayan bank box

मनोविद्हरु भन्छन्, 'प्रत्येक व्यक्तिभित्र नकारात्मक र सकारात्मक दुई भाव हुने गर्छ। नकारात्मक कुरातर्फ आफ्नो दिमाग धेरै खर्च हुँदा वर्तमान भइरहेको अथवा चलिरहेको सकारात्मक कुराको उनीहरुले अनुभव गर्न सक्दैन। नकारात्मकता मनमा हावी भएपछि त्यस्तो व्यक्तिको मनमा प्रायः नकारात्मक कुरा खेल्ने, नकारात्मक कुराको कल्पना गर्ने, सोच्ने प्रवृत्ति हुन्छ।

के तपाईंसंग पनि यस्तो हुन्छ ? एकान्तमा रहँदा–बस्दा तपाईं पनि नकारात्मक मात्र सोच्नु हुन्छ ? यदि वास्तवमा तपाईं नकारात्मकताको शिकार हुनुभएको छ भने यी केही उपायहरु अपनाएर मनलाई सकारात्मक बनाउन सकिन्छ।

सफा वातावरण एकदमै आवश्यक  छ। मनोविद्हरुका अनुसार आफ्नो मनलाई नकारात्मकताबाट पूरै सफा राख्नको लागि सबैभन्दा पहिले आफू वरपरको वातावरणलाई पनि सफा र स्वच्छ राख्नुपर्छ। फोहोर वातावरणमा बस्दा मनमा नराम्रो भावनाहरु आइरहने हुन्छ। त्यही भएर आफ्नो वरपरको वातावरण सुन्दर बनाउनुको साथै कलात्मक बनाउनुपर्छ, जस्तै- कुनै चित्र, पोस्टर, मन  परेको कुरा लगाउनु पर्छ।

नकारात्मक विचार भएका व्यक्तिसँग टाढा बसौं– मनलाई पूर्ण सकारात्मक बनाउन त्यस्तो व्यक्तिसँग मात्रै संगत गर्नुपर्छ जो सकारात्मक विचारको होस्। मनोविद् भन्छन्,  जब सकारात्मक विचारतिर हामी बढ्द थाल्छौं यस्तोमा नकारात्मक विचार भएको व्यक्तिले हामीलाई पुनः नकारात्मक भावना र विचारतिर डोरर्याउन सक्छन्। जसले हाम्रो मन विचलित हुन पुग्छ। त्यही भएर सकारात्मक र सफा मन भएका व्यक्तिहरुसँग मात्र संगत गर्दा राम्रो हुन्छ।

योग र प्राणायाम गर्नु पनि आवश्यक छ। योग र प्राणायाम हाम्रो शरीरको लागि आवश्यक व्यायाम हो। यसले हाम्रो मन र शरीरलाई स्थिर राख्नमा महत्वपूर्ण भूमिका खेल्छ। बिहान उठेर १० मिनेट प्राणायाम र १० मिनेट कुनै पनि योग गर्नाले मनभित्र सकारात्मक इनर्जी उत्पन्न हुन्छ। दैनिक रुपमै बिहान गरिने योग र प्रणायामले दिनभरि नै शरीर स्फूर्त रहन्छ जसले गर्दा मनमा समेत नकारात्मक भावना आउन पाउँदैन। सकारात्मक विचारको लागि योग र प्रणायाम एकदमै महत्वपूर्ण रहेको मनोविद् बताउँछन्।

ध्यान गर्नाले पनि मनमा नकारात्मक भावना आउन पाउँदैन र व्यक्ति विस्तारै सकारात्मकतातिर अगाडी बढ्न सक्छ। हाँस्ने बानीले पनि सकारात्मक बनाउँछ। हाँस्नु स्वास्थ्यको लागि राम्रो मानिएको छ। हाँस्नुले हाम्रो मन खुशी हुन्छ र सकारात्मकता आउँछ। जति पनि नकारात्मक विचार अथवा भावना हामीभित्र हुन्छ त्यो विस्तारै समाप्त हुँदै जान्छ। जब व्यक्ति हाँस्न थाल्छ उसको मनमा नकारात्मक भावना आउँदैन। यतिमात्र नभएर हँसिलो स्वभाव भएको व्यक्तिसँगको मित्रता र संगतले पनि मन सकारात्मक हुँदै जान्छ। यी केही उपायहरु अपनाएर मनमा आइरहने नकारात्मक भावनालाई सकारात्मकतामा परिवर्तन गर्न मद्दत गर्छ।

सहारा समयबाट

 

प्रकाशित: Oct 17, 2023| 06:06 मंगलबार, असोज ३०, २०८०
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्