शनिबार, जेठ २३, २०८३

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

ललितपुर- लगनखेलका अधिकांश मासु तथा फलफूल पसल मापदण्डविपरीत रहेको पाइएको छ।

National life

ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्डविपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो।

'लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकामध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई १० हजार रूपैयाँका दरले जरिवाना र सचेत गराएका छौँ', सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने।

अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए। सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए।

प्रकाशित: Oct 16, 2023| 21:32 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्