बिहीबार, माघ २२, २०८२

त्रिदेशीय टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

National life
Laxmi sunrise bank

नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय टि-२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। नेपाल, यूएई र हङकङबीच हुने त्रिदेशीय टि-२० सिरिजका लागि क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

सिरिज खेल्ने टोलीमा सन्दीप लामिछानेको नाम उल्लेख छैन। उनले यसअघि नै राष्ट्रिय टिमबाट नाम आफ्नो नाम फिर्ता लिएका थिए। टोलीमा रोहित शर्मा, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।

कात्तिक १ गतेदेखि  सुरू हुने सिरिजको पहिलो खेल कात्तिक १ गते यूएईसँग र दोस्रो खेल कात्तिक ३ गते हङकङसँग खेल्नेछ। सिरिजको लिग चरणका सबै खेल मूलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। 

प्रकाशित: Oct 16, 2023| 13:41 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्