शनिबार, जेठ २३, २०८३

युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन जना पक्राउ

२५ वर्षीया युवतीमाथि विराटनगर महानगर–३ मा आइतबार राती बलात्कार भएको थियो।
 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

काठमाडौं– प्रहरीले विराटनगरबाट २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गर्ने ट्रकचालक र दुई सह–चालकलाई पक्राउ गरेको छ।

National life

बलात्कृत पीडित युवतीले प्रहरीलाई तीन जनाले आफूलाई सामूहिक बलात्कार गरेको उजुरी दिएपछि प्रहरीले घटनामा संलग्न धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र दुई जना सह–चालक रहेको प्रहरीले जनाएको छ। २५ वर्षीया युवतीमाथि विराटनगर महानगर–३ मा आइतबार राती बलात्कार भएको थियो।

घटनामा संलग्नहरु आइतबार राती ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटल गएका थिए। खाना खाएर सिटी सफारीमा चढेर ट्रक भएको ठाउँमा आएका उनीहरुले सफारीमै यात्रा गरिरहेकी युवतीलाई फकाएर सोही स्थानमा सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुन्धानबाट देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।

प्रकाशित: Oct 16, 2023| 13:18 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्