शनिबार, जेठ २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विद्युत् आयोजना निर्माणमा खटिएका कामदारको ढुंगाले लागेर मृत्यु

विद्युत् आयोजना निर्माणमा खटिएका कामदारको ढुंगाले लागेर मृत्यु

 |  सोमबार, असोज २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २९, २०८०

पाँचथरमा ढुंगाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ।    

National life

जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुङ्गाले लागेर मृत्यु भएको हो। 

आइतवार दिउँसो १ः४५ बजे ड्रिल मेसिनले ढुङ्गा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुङ्गाले मगरलाई लागेको थियो। 

आयोजनाको सुरुङ निर्माण कार्यमा खटिएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए। मगरको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। 

प्याराम्याक्स कन्स्ट्रक्सन प्रालिले आयोजनाको सुरुङ मार्ग निर्माण गरिरहेको छ । मगर सोही कम्पनीमा आबद्ध भई काम गरिरहेका थिए।

Shivam cement

प्रकाशित: Oct 16, 2023| 13:12 सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्